लार्के पास अथवा मनासुलुको परिक्रमा ७ तै दिनमा गर्न सकिन्छ। मनासुलु हिमालका सुन्दर दृश्यहरु
गोरखाको भौगोलिक सुन्दरता मा मनासुलु हिमाल एउटा श्रीपेच अथवा शिर वनेर खडा भैरहेको छ। यसको परिक्रमा गर्न लगभग ७,८ दिन लाग्ने गर्दछ। सामागाँउ , साम्दो , लार्के वजार हुँदै धर्मस्थली क्याम्पमा वसिन्छ र करीव ३,४ घण्टाको उकालो हिडेपछि लार्के पास पुगिन्छ। विदेशी पर्यटक मात्र होइन हिजो आज स्थानीय र नेपालका अन्य आन्तरिक पर्यटक , मनासुलु परिक्रमा जाने लहर नै चलेको छ। मनासुलुका दृश्यहरु जसरी एकतित्र रुपमा गोर्खा दरवार आसपासका क्षेत्रवाट देखिन्छ, अन्य ठाँउवाट आंशिक मात्र देखिन्छ। तसर्थ गोरखा दरवारका पुरातात्तिक, ऐतिहासिक क्षेत्रको अवलोकन गराउँदै, लिगलिग वारापाक र गुप्सी डाडाको मनोरम दृश्यको साक्षात्कार गराउँदै खोर्लावेशी तातोपानी हुदै लार्के पास जान उपयुक्त हुने कुरा अध्ययनले देखाउँछ। त्यस्तै , गोरखा वजारवाट माछीखोला हुदै फिलीम जीपमा एकै दिनमा पुगिन्छ , दोश्रो दिनमा विफेदी , तेस्रो दिनमा स्याला अथवा लु गाँउ चौथो दिनमा साम्दो मा वास वस्न सकिन्छ। पाँचो दिनमा धर्मस्थली मा वास .वसी ६ दिनमा नै लार्केपास गरि भिमताड र ७ सातौ दिनमा धारापानी वास वसी आठौ दिनमा काठमाण्डौ अथवा गोर्खा फर्किदा मनासुलु हिमालको परिक्रमा भैसकेको हुन्छ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.